Online Nepalese ethnic food cooking competition 2020
खाने कथा
रैथाने खानाको संरक्षण, प्रचारप्रसार र प्रवद्र्धनका लागी खानाको पारखीहरुका लागी रैथाने चुल्होले सामाजिक दुरिलाई पालना गर्दै नेपाली रैथाने खाना पाक प्रतियोगिता (खाने कथा) आयोजना गर्न गइरहेको जानकारी गराउँदछौँ । यस प्रतियोगीतामा विभिन्न समुदायको चार्डपर्वमा खाइने नेपाली रैथाने मौलिक खानपानका बारेमा जानेको बुझेको व्यक्तिलाई सोधपुछ गरि कुनै एउटा परिकार समेट्न सक्नुहुन्छ ।
उक्त खानाको संस्कार सांस्कृतिक पक्ष, धार्मिक, सामाजिक, आर्थिक, प्राकृतिक र स्वास्थ्यको पक्ष समेत उल्लेख गरि तपाईले पठाउनुभएको भिडियो सामग्री हामी खाने कथामा राख्नेछौँ । यो प्रतियोगीताले हाम्रो नेपाली खानपान बाँचिरहने र नयाँ पूस्ताले पनि सजिलै नेपाली खानपान पकाउन जान्ने विश्वास लिइएको छ ।
यस प्रतियोगितामा सहभागिले निम्न विषयवस्तु समेट्नुपर्नेछ ।
१. खाना नेपाली मौलिक हुनु पर्ने छ ।
२. Main course, Appetiser, soup, snakes, side dishके हो ? खुलाउनु पर्नेछ ।
३. खानामा सरसफाई र खानाको संस्कार सांस्कृतिक पक्ष, धार्मिक, सामाजिक, आर्थिक, प्राकृतिक र स्वास्थ्यको पक्ष पूर्ण रुपले खुलाउनु पर्नेछ । यी सबै विषय भिडियोमा लेखेर वा बोलेर समेट्न सक्नुहुन्छ ।
४. खाना पकाउँदा प्रयोग गरिने सामाग्रीको नाम उल्लेख गरिएको हुनुपर्नेछ । यसका साथै पकाउने विधि पनि जानकारी गराउनुपर्नेछ ।
५. प्रतियोगीतामा सहभागीताको लागी उमेर समुह तोकिएको छैन अर्थात जुनसुकै उमेरका व्यक्ति सहभागी हुन सक्नेछन् ।
६. ७ मिनेट सम्मको भिडियोलाई मात्र समावेश गर्न सकिने छ । भिडियो पठाउँदा आफ्नो नाम र ठेगाना प्रष्टसंग खुलाउनु पर्नेछ ।
७. उक्त भिडियो असोज १८ गतेदेखि मंशीर ३० गते सम्म पठाइसक्नुपर्ने छ ।
८. प्राप्त भिडियो मंशीर १५ गते देखि रैथाने चुल्हो युटुव च्यानलबाट प्रसारण गरिने छ भने पौष २५ गते प्रतियोगिता विजेता घोषणा गरिने छ ।
९. प्रतियोगिताको बिजेता माथि उल्लेख गरिएको वुद्धाको आधारमा र ग्लोबल नेप्लीज सेफ फेडेरेशनको निर्णायक मण्डलद्धारा ५० प्रतिशत र तपाईको भिडियो हेरि युट्युव च्यानलमा आएको Subscribe, Views, Like र Watch Hours को आधारमा ५० प्रतिशत गरि घोषणा गरिनेछ ।
९. प्रतियोगीतामा प्रथम हुनेले नगद २५,०००।– सहित ग्लोबल नेप्लीज सेफ फेडेरेशनको सक्रिय सदस्यता प्राप्त गर्नेछ ।
१०. द्धितीय हुनेले नगद १५,०००।– सहित ग्लोबल नेप्लीज सेफ फेडेरेशनको सक्रिय सदस्यता प्राप्त गर्नेछ ।
११. तृतीय हुनेले नगद १०,०००।– सहित ग्लोबल नेप्लीज सेफ फेडेरेशनको सक्रिय सदस्यता प्राप्त गर्नेछ ।
१२. उत्कृष्ट १० सम्म पर्नेलाई ग्लोबल नेप्लीज सेफ फेडेरेशनको सदस्यता प्रदान गरिने छ ।
१६. उक्त भिडियोलाई raithanechulho@gmail.com मा पठाउन सकिनेछ । प्रतियोगीताका बारेमा थप जानकारी चाहिएमा ९८४१९५०८४३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।