Duration 8:18

प्रधानमन्त्रीले विश्वासको मत नपाए के हुन्छ | | Nepal Times

45 226 watched
0
1.4 K
Published 9 May 2021

सोमवारको प्रतिनिधिसभाको बैठक अघि नै राजनीतिक रुपमा धुब्रीकरण बढिरहेको भएपनि ओली समूहका नेता तथा एमाले संसदीयदलका प्रमुख सचेतक विशाल भट्टराईले भोटिङमा एमालेका सांसद एक ढिक्का भएर मतहाल्ने दाबी गरेका छन्। तर माधव खनाल समूहले ओलीलाई रोक्न सांसद पद त्याग्ने निर्णय नजिक पुगेका छन् । यद्यपि यो निर्णय फेरबदल हुन सक्नेमा नेताहरु पुगेका छन् । उनीहरुले राजीनामा दिए संसदमा एमाले संख्यात्मक रुपमा कमजोर दल बन्ने छ । तर नेपाल खनाल समूहको सामुहिक राजीनामा रोक्न ओली समूहका सुवास नेम्वाङ र विष्णु पौडेलले माधव नेपाललाई भेट गरी पार्टी एकताको पक्षमा रहनुपर्ने जोड दिदै सहमतिका बाटो पैल्याउन फेरि छलफल गर्ने सहमति जुटाएका छन् । ओलीनिकट नेताहरु विश्वासको मतप्राप्त नभएको अवस्थामा पनि संविधानअनुसार राष्ट्रपतिले ओलीलाई नै ठूलो दलको नेताको हैसियतले प्रधानमन्त्री नियुक्त गर्ने र विपक्षीले नयाँ सरकारको विकल्प दिन नसक्ने भएकाले बाँकी कार्यकाल पनि ओली नै सरकारको नेतृत्वमा रहने दावी गरिरहेका छन्। तर सोमबारको संसदमा विश्वासको प्रस्तावमा ओलीलाई फेल गराउँने तयारी विपक्षी दलहरुले गरिरहेका छन् । For latest news visit https://nepaltimes.net/ For advertisements e-mail us at nepaltimes45@gmail.com For News contact us on newsnepaltimes@gmail.com Follow us on Instagram: https://www.instagram.com/nepaltimesnews/ Like The Nepaltimes on Facebook: https://www.facebook.com/nepaltimesnwews/ Produced By: NepalTimes Private Limited News Edited By : NepalTimes Presented By : Ranjita Pokharel Video Edited By : Kusal Kattel #NepalTimes #प्रधानमन्त्री #विश्वासको मत About Nepal Times : Nepal Times is the biggest online national-level media house from Eastern Nepal. And also it is the first online television from province no. 1

Category

Show more

Comments - 52