Duration 4:23

नीरा शर्माको चर्चित कविता ‘बा’ | | ba Kawita by Nira Sharma | |  Happy Father's Day

1 654 watched
0
99
Published 1 Aug 2021

FACEBOOK PROFILE : https://www.facebook.com/samir.chhetri.904/ INSTAGRAM : https://www.instagram.com/rjsamirthestoryteller/ नीरा शर्माको चर्चित कविता ‘बा’ | Heart Touching Nepali Poem Dedicated To Father|Narrated By Rj Samir "बा" -- नीरा शर्मा मैले धेरै पढेँ  आमाका वेदनाका कथाहरु तर कहिल्यै पढिनँ  बाका अनुहारमा सलबलाएका दुःखका वक्र रेखाहरु  धेरै पटक कविहरुले  आमाकै तारिफमा कविता कोरे  आमाकै गीत संगीत भरे  आमालाई धर्ती भन्नेहरुले  बालाई कहिल्यै आकाश भनेनन्  र त  बा सधैँ ओझेल परे ।  बारीको डिलमा चुपचाप  ठिङ्ग उभिएको बूढो रुख झैं  बा कहिल्यै उभिएनन्  भन्ज्याङको चौतारी झैं  ढसमस्स बसेनन् बा कहिल्यै  बा त  हाम्रो अँधेरो मेटाउन  मैन झैं जलिरहे  हाम्रा खुसी समेट्न  मोनोरेल झैं चलिरहे  जिन्दगीभर कुदिरहे कुदिरहे  थाकेर सुइय्य ... नगरी  सधैँ एक्लै कुदिरहे  त्यसैले त अग्लिँदै छ  एक्लोपनको हिमाल  बाको मनभित्र । यतिखेर  लम्पसार छ निरस जिन्दगी  बाकै अघिल्तिर  थिचिएर त्रासले सधैँ  घुरिरहन्छ कुम्भकर्णको निद्रामा बाको अन्योल जिन्दगी  तर बा  कर्कलाको पातमा टलपल पानी झैं  आँसु टिलपिलाएका आँखामा निद्रा हराएपछि  खुसीहरुको सिला खोज्दै छन्  परेलीका डिलहरुमा । बोल्दा बोल्दै भासिन्छ बाको स्वर  बोली बन्द हुन्छ एकाएक  थाहा पाउँछु म गला अवरुद्ध भएको  र पनि दबाएर सबै पीडा  मुस्कुराएको अभिनय गर्छन्  म चिन्छु त्यो मुस्कान  त्यो नक्कली मुस्कान  जो बाको होइन  हुँदै होइन । फुङ्ग रङ्ग उडेका उदासीका फूलहरु फुलेका छन् बाका मुहारभरि चाउरिएर ग्राफ जस्ता  गालाका रेखाहरुमा  कतै एक धर्को सन्तोष छैन  कपाल झरेर खुइलिएको बाको तालुमा  जिम्मेवारीको चर्को घामले  उदाएदेखि अस्ताउँदासम्म ठुङ्गिरहन्छ । भित्र मनमा कता–कता  विगत र आगतको  उही चिन्ताको पहाड उभिएको छ  र बा त्यही पहाडमा उभिएर  संसार जितेको नाटक गर्छन्  अनि बाँड्छन् हामीलाई  पैँचो मागेका उधारा खुसीहरु  तर यथार्थमा  बा हारिरहन्छन् पलपल  मेरा लागि  तिम्रा लागि र  हाम्रा लागि  हो, बा त्यो हरुवा हो  जो सधैँ हारिरहन्छ केवल सन्तानका लागि । #बा #नीरा_शर्मा Copyright Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for "fair use" for purposes such as criticism, comment, news reporting, teaching, scholarship, and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favor of fair use.

Category

Show more

Comments - 17